
सरस्वती चौधरी जनकपुर निवासी समानुपातिकतर्फ नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। संविधानसभामा महिला र पिछडिएको वर्गको मुद्दा उठाउन कटिवद्ध चौधरी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। २०३० सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी ४८ वर्षीया चौधरीले धनुषा महिला सङ्घको अध्यक्ष, तरुण दलको सदस्य तथा जनकपुर उद्योग वाणिज्य सङ्घको निर्वाचित सदस्यको जिम्मेदारी सम्हालिसक्नु भएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँ पटक-पटक पकाउ पर्नुभएको छ। तीन छोरा र एक छोरीकी आमा सरस्वती चौधरी राजनीति बाहेक पत्रकारितामा समेत संलग्न हुनुहुन्छ। उहाँ नेपाल पत्रकार महासङ्घको पार्षद रहिसक्नुभएको छ। अध्ययन र समाजसेवामा रुचि भएकी चौधरीका लेखरचना विभिन्न पत्रपत्रिकामा छापिदै आएका छन्। उहाँ नेपाल रेडक्रस,परिवार नियोजन सङ्घ र महिला सेवा आश्रम सँग समेत आवद्ध हुनुहुन्छ। सभासद चौधरीले धनुषामा स्थानीय स्कूलबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the Provincial Assembly of Madhesh Province (देखि 21 जनवरी 2018)
स्रोतहरू
- Wikipedia (English): Saraswati Chaudhary · CC BY-SA 4.0
- Wikipedia (Nepali): सरस्वती चौधरी · CC BY-SA 4.0
- Wikidata item Q13186715 · CC0 1.0
- Image: Saraswati Chaudhary (cropped).jpg by PANKAJ DEO (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सरस्वती चौधरी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/saraswati-chaudhary?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्