त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख स्वीकृत
१४ कार्तिक, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।
बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको व्यावसायिक दक्षता अभिवृद्धी गर्न विभिन्न ९ वटा शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीकालाई सेवाकालिन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाखको बजेट स्वीकृत गरेको हो ।
कीर्तिपुर स्थित त्रिभुवन स्मृती भवनको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संचरना,कार्यप्रणाली, आचारंसहिता लगायत अधिकार र कर्तव्य बारेमा अभिमुखिकरण गर्ने; प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिबृद्धी तालिम सञ्चालन गर्ने; नेतृत्व तहका पदाधिकारीहरु,क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालन सम्वन्धी दक्षता अभिबृद्धी गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।
जनशक्ति विकास तथा कल्याण परिषद्को अध्यक्षता गर्नुहुँदै त्रि.विका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहले त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई थप दक्ष र प्रभावकारी संस्थागत उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
साथै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने विषयमा स्रोत र साधनको कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
त्रिवि समन्वय महाशाखाका प्रमुख एवं जनशक्ति विकास तथा कल्याण परिषद्का सदस्य सचिव दिपक तिवारीले "दक्ष जनशक्ति,सक्षम कार्यालय, गुणस्तरीय सेवा प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय" भन्ने मूल भावका साथ शिक्षक तथा कर्मचारीको समयानुकुल वृत्ति विकास, उपलब्ध स्रोतसाधनको अधिकतमक सदुपयोग र उत्पादनशिलता बढाउन बर्षैभरी सुशासन र कार्यालय व्यवस्थापनसँग सम्वन्धी विभिन्न ९ वटा विषयवस्तुमा आधारित तालिम, वर्कशप र गोष्ठी सञ्चालन गरिने जानकारी गराउँनुभएको थियो ।
बैठकमा विभिन्न अध्ययन संस्थानका डीनहरु,क्याम्पसप्रमुखहरु एवं महाशाखाप्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन
काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल…
Newबेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध
म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र…
Newकोप–३१ मा नेपालको बलियो सहभागिताका लागि सरकारको पहल: राजनीतिक दलहरूसँग एकीकृत छलफल
हदरबार, काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी र साझा प्रतिनिधित्व सुनिश्चित गर्न संसदीय…
Newदेशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध
देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र…
Newसार्वजनिक खरिदमा कडाइ: चैत १३ यता १२० फर्म कालोसूचीमा, ऐन-नियमावलीमा संशोधन र ७१२ कर्मचारीलाई तालिम
काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियालाई थप जवाफदेही, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यका साथ सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेयता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा…
Newव्यवसायीको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जरिवाना मिनाहासम्बन्धी व्यवस्था
काठमाडौं । व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीलाई परेको समस्यालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर,…
New
Comments 0
No comments yet. Start a respectful conversation.