कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई पर्यटन प्रवर्द्धन अभियानमा सहभागी गराउने भएको छ ।
बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो । यस पहलअन्तर्गत नेपालको हिमाली भव्यतादेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र मौलिक परम्परालाई दृश्य तथा डिजिटल सामग्रीमार्फत उजागर गरिने लक्ष्य राखिएको छ ।
नेपालका असाधारण पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर तथा अन्य सिर्जनात्मक सामग्रीमा प्रस्तुत गर्न सक्ने प्रतिभालाई यस अभियानमा जोड्ने बोर्डको उद्देश्य छ । यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग हुनुका साथै नयाँ पुस्ताका कन्टेन्ट क्रियटरहरुलाई नेपालको पर्यटन पहिचान विश्वसामु पुर्याउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।
इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम र ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन् ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesकोप–३१ मा नेपालको बलियो सहभागिताका लागि सरकारको पहल: राजनीतिक दलहरूसँग एकीकृत छलफल
हदरबार, काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी र साझा प्रतिनिधित्व सुनिश्चित गर्न संसदीय…
Newत्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख स्वीकृत
१४ कार्तिक, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम…
Newबेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध
म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र…
Newदेशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध
देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र…
Newसार्वजनिक खरिदमा कडाइ: चैत १३ यता १२० फर्म कालोसूचीमा, ऐन-नियमावलीमा संशोधन र ७१२ कर्मचारीलाई तालिम
काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियालाई थप जवाफदेही, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यका साथ सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेयता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा…
Newव्यवसायीको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जरिवाना मिनाहासम्बन्धी व्यवस्था
काठमाडौं । व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीलाई परेको समस्यालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर,…
New
Comments 0
No comments yet. Start a respectful conversation.