सार्वजनिक खरिदमा कडाइ: चैत १३ यता १२० फर्म कालोसूचीमा, ऐन-नियमावलीमा संशोधन र ७१२ कर्मचारीलाई तालिम
काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियालाई थप जवाफदेही, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यका साथ सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेयता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन तथा प्रक्रियाको पालना नगर्ने र सम्झौताबमोजिम खरिद कार्यको जिम्मेवारी पूरा नगर्ने ती व्यवसायी, फर्म तथा कम्पनीमाथि कारबाही गर्दै कालोसूचीमा राखेको हो।
वर्तमान सरकार गठन भएपश्चात् सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र स्वच्छ बनाउन विभिन्न नीतिगत तथा संरचनागत सुधारका कदमहरू अघि बढाइएका छन्। यसै सिलसिलामा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनका साथै सार्वजनिक खरिद नियमावली, २०६४ को पन्ध्रौँ र सोह्रौँ संशोधन पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ।
ऐन तथा नियमावलीमा भएका परिमार्जनअनुरूप वस्तु तथा निर्माण कार्य खरिदसँग सम्बन्धित नौ प्रकारका नमूना बोलपत्र कागजात (एसबीडी) समेत परिमार्जन गरी लागू गरिएको कार्यालयले जनाएको छ।
यसैगरी, खरिद व्यवस्थापन तथा प्रक्रियामा संलग्न जनशक्तिको कार्यक्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै तालिम कार्यक्रम सञ्चालन गरिएको छ। जसअन्तर्गत कार्यालयले स्वयं आयोजना गरेको तालिममा ५५६ जना र विभिन्न सार्वजनिक निकायहरूसँगको साझेदारीमा १५६ जना गरी कुल ७१२ जना कर्मचारीलाई खरिदसम्बन्धी व्यावहारिक तालिम प्रदान गरिसकेको छ।
सार्वजनिक खरिद प्रणालीमा वित्तीय अनुशासन, स्वच्छ प्रतिस्पर्धा, गुणस्तरीयता र उच्च जवाफदेहिता कायम गर्न सरकार पूर्ण रूपमा कटिबद्ध रहेको अनुगमन कार्यालयले जनाएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesव्यवसायीको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जरिवाना मिनाहासम्बन्धी व्यवस्था
काठमाडौं । व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीलाई परेको समस्यालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर,…
New“रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो”
सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५,८,९,१०,१२ र २९ को…
Newसाँगा–धुलिखेल सडक निर्माण तीव्र गति
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ । थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी…
Newसप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार…
NewJoint tourism promotional programme in Brussels: Guests enjoy Nepali iconic foods
Kathmandu, Oct 30: The Nepali Embassy in Brussels, in collaboration with the embassies of Bhutan, the Maldives, and Sri Lanka, organized a second edition of joint tourism…
New‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
ताप्लेजुङ, १३ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक…
New
Comments 0
No comments yet. Start a respectful conversation.