‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
ताप्लेजुङ, १३ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन् ।
उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटल तथा बस्तीहरूमा रोकिनुपरेको हो । बस्तीहरूका होटल पर्यटकले भरिएका छन् ।
कञ्चनजङ्घा बेसक्याम्पतर्फ भ्रमणमा गएका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन् । उहाँको टोली नै दुई दिनदेखि त्यही रोकिनुपरेको छ । पदमार्गका फलेका होटलसमेत पर्यटकले भरिएको भ्रमणमा रहनुभएका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको छ, चिसो बढेको छ भने उच्च भेगका डाँडामा हिमपात भएको छ ।
कञ्चनजङ्घाको उत्तरी आधार शिविरतर्फ जाने पदमार्गमा पर्ने इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायतका बस्ती तथा दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेलगायतका स्थानमा रहेका होटलहरूमा पर्यटकको चाप बढेको छ ।
यसैगरी, लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहनुभएका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले ओलाङचुङगोलामै छन् र उनीहरू त्यहीँका होटलहरूमा बसेका छन् । आधाजसो लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने पर्यटक छन् । ओलाङचुङगोला हुँदै सिङ्जेसम्म पुग्ने उद्देश्यले गएका आन्तरिक पर्यटकसमेत मौसम प्रतिकूल भएपछि त्यहीँ रोकिएका छन् ।
मौसम प्रतिकूल भएपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लाका कुनै पनि विपद्जन्य घटना भएको छैन । उहाँका अनुसार स्वदेशी तथा विदेशी गरी २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेका छन् । उनिहरु त्यस क्षेत्रका बस्ती, होटलमा छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायतका क्षेत्रमा पर्यटकको सङ्ख्या बढी छ ।
पर्यटकलाई सुरक्षित रहन तथा मौसमको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न सचेत गराइएको र सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारण नागरिकलाई समेत सचेत गराइएको उहाँले बताउनुभयो । बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो । गए रातिदेखि वर्षा जारी छ । उच्च क्षेत्रमा हिउँ पनि परेको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesहिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउनुभएको छ । संयुक्त…
NewJoint tourism promotional programme in Brussels: Guests enjoy Nepali iconic foods
Kathmandu, Oct 30: The Nepali Embassy in Brussels, in collaboration with the embassies of Bhutan, the Maldives, and Sri Lanka, organized a second edition of joint tourism…
Newनागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ । गृह मन्त्रालयले बिहीबार जारी…
New
काठमाडौँका यी स्थानमा आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् कटौती हुने (तालिकासहित)
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा कात्तिक १३ गतेदेखि २०…
Newकाठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात, प्रभाव शनिबार अपराह्नसम्म रहने
काठमाडौँ, १३ कात्तिक — बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ (Cyclone Arnab) को प्रभावका कारण गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा वर्षा तथा हिमपात भइरहेको…
Newभारी वर्षा र हिमपातको चेतावनी: सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १३ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका…
New
Comments 0
No comments yet. Start a respectful conversation.