काठमाडौँका यी स्थानमा आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् कटौती हुने (तालिकासहित)

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा कात्तिक १३ गतेदेखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ देखि २० गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म सम्बन्धित फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुनेछ। भूमिगत कन्डक्टर विस्तार तथा प्रणाली सुदृढीकरणका लागि यो तालिका लागू गरिएको हो।
विद्युत् कटौती हुने क्षेत्र र तालिका:
कात्तिक १३ गते (शुक्रबार): बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्र
कात्तिक १४ गते (शनिबार): सीतापाइला फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्र
कात्तिक १५ गते (आइतबार): कलङ्की, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलङ्की चोकदेखि ढुङ्गेअड्डा क्षेत्र
कात्तिक १६ गते (सोमबार): बाफल फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्र
कात्तिक १७ गते (मङ्गलबार): शङ्खमूल फिडरअन्तर्गत यूएन पार्कदेखि बिजुली बजार क्षेत्र
कात्तिक १८ गते (बुधबार): सतुङ्गल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र
कात्तिक १९ गते (बिहीबार): स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्र
कात्तिक २० गते (शुक्रबार): सतुङ्गल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesनागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ । गृह मन्त्रालयले बिहीबार जारी…
Newहिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउनुभएको छ । संयुक्त…
New‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
ताप्लेजुङ, १३ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक…
NewJoint tourism promotional programme in Brussels: Guests enjoy Nepali iconic foods
Kathmandu, Oct 30: The Nepali Embassy in Brussels, in collaboration with the embassies of Bhutan, the Maldives, and Sri Lanka, organized a second edition of joint tourism…
Newकाठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात, प्रभाव शनिबार अपराह्नसम्म रहने
काठमाडौँ, १३ कात्तिक — बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ (Cyclone Arnab) को प्रभावका कारण गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा वर्षा तथा हिमपात भइरहेको…
Newभारी वर्षा र हिमपातको चेतावनी: सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १३ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका…
New
Comments 0
No comments yet. Start a respectful conversation.