काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात, प्रभाव शनिबार अपराह्नसम्म रहने
काठमाडौँ, १३ कात्तिक — बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ (Cyclone Arnab) को प्रभावका कारण गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा वर्षा तथा हिमपात भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभाव आगामी शनिबार (कार्तिक १४ गते) अपराह्नसम्म कायम रहने सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टाको मौसम विवरणअनुसार कोसी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा रेकर्ड गरिएको छ। हाल देशभर साधारणतया बदली भई अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।
चक्रवातको यो प्रभाव आगामी पाँच दिनसम्म कस्तो रहन्छ भन्ने, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा आधारित विस्तृत विवरण यसप्रकार छ:
आगामी ५ दिनको मौसम पूर्वानुमान
आज शुक्रबार (कार्तिक १३ गते)
दिउँसो: देशभर अधिकांश बादली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश र बाँकी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सक्ने अनुमान गरिएको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको समेत सम्भावना छ।
राति: देशभर अधिकांश बादली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहँदा थोरै स्थानमा भारी वर्षा वा हिमपात हुनसक्नेछ।
शनिबार, कार्तिक १४ गते
दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादली रहनेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशीदेखि गण्डकीसम्मका थोरै स्थानमा र अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ।
राति: देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ भने तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
आइतबार, कार्तिक १५ गते
दिउँसो र राति: देशभर आंशिक बादली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। रातिको समयमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।
सोमबार, कार्तिक १६ गते
देशभर आंशिक बादली रहनेछ। हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
मंगलबार, कार्तिक १७ गते
मौसममा क्रमिक सुधार आउने देखिए तापनि देशभर आंशिक बादली रहनेछ। हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ भने तराईका भू-भाग, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्नेछ।
मौसम पूर्वानुमान महाशाखाको विशेष अपिल तथा सर्तकता
चक्रवात ‘अर्नब’को प्रभावले शनिबार अपराह्नसम्मै देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
भारी वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात, पर्वतारोहण तथा उडान सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अध्यावधिक सूचनाहरूको पालना गर्न सर्वसाधारण तथा सम्बन्धित सबैमा आग्रह गरिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
काठमाडौँका यी स्थानमा आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् कटौती हुने (तालिकासहित)
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा कात्तिक १३ गतेदेखि २०…
Newभारी वर्षा र हिमपातको चेतावनी: सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १३ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका…
New
गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय…
Newचक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी
भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन…
New 1 PDF
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह
चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता…
Newचक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर: उच्च सतर्कतामा सरकार, सबै निकाय तयारी अवस्थामा
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च…
New
Comments 0
No comments yet. Start a respectful conversation.