चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।
प्राधिकरणका अनुसार आँधीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।
कात्तिक १२ देखि १४ गतेसम्म मौसमको प्रभाव बढी पर्न सक्ने
प्राधिकरणले २०८३ साल कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव बढी पर्न सक्ने जनाएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान तथा विमानस्थल सञ्चालनमा चुनौती उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिम न्यूनीकरण गरी हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक तयारी गर्न तथा उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।
त्यस्तै, चक्रवाती आँधीका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी तथा विमानस्थलसँग सम्पर्क गरी जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesचक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी
भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन…
New 1 PDFचक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर: उच्च सतर्कतामा सरकार, सबै निकाय तयारी अवस्थामा
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च…
Newविजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न एकजुट हुन आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ। विजयादशमीको अवसरमा शुभकामना…
आज विजयादशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो…
कोशी, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३१ असोजः नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने…

राष्ट्रिय विपत प्राधिकरणद्वारा सतर्क हुन अनुरोध
गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ। गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन…
Comments 0
No comments yet. Start a respectful conversation.