विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न एकजुट हुन आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ। विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न आवश्यक रहेको बताउनुभएको हो।
प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
उहाँले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध पनि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिनुभएको छ।
‘हरेक नागरिकले सरकार आफ्ना लागि छ भन्ने महसुस गर्नुपर्छ’ भन्ने भाव व्यक्त गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी नागरिकलाई राज्यको उपस्थिति र सेवाको अनुभूति गराउनुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै यस्ता विकृति हटाउन सकिन्छ।
प्रधानमन्त्री शाहले विजयादशमीलाई धार्मिक तथा सांस्कृतिक परम्परासँगै पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ गर्ने अवसरका रूपमा पनि व्याख्या गर्नुभएको छ। यस दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उहाँको भनाइ छ।
भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका आफन्त र साथीभाइबीच आत्मीयता बढाउने उहाँले उल्लेख गर्नुभएको छ।
अन्त्यमा प्रधानमन्त्री शाहले सबै नेपालीलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र प्रेम साटासाट गर्न आग्रह गर्नुभएको छ। उहाँले आफ्नो शुभकामना सन्देशको अन्त्यमा ‘जय दुर्गा भवानी’ भन्नुभएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesआज विजयादशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो…
Newकोशी, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३१ असोजः नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने…

राष्ट्रिय विपत प्राधिकरणद्वारा सतर्क हुन अनुरोध
गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ। गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन…
बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना र हेलिकप्टर परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार
काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि सरकारले हेलिकप्टरसहित सुरक्षा निकाय परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहले…
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै
दमौली (तनहुँ), २३ असोजः अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही…
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले
म्याग्दी, २३ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६…
Comments 0
No comments yet. Start a respectful conversation.