कोशी, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३१ असोजः नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ ।
देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
राष्ट्रिय विपत प्राधिकरणद्वारा सतर्क हुन अनुरोध
गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ। गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन…
बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना र हेलिकप्टर परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार
काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि सरकारले हेलिकप्टरसहित सुरक्षा निकाय परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहले…
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै
दमौली (तनहुँ), २३ असोजः अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही…
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले
म्याग्दी, २३ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६…
देशका विभिन्न स्थानमा चट्याङ, हुरी र असिनासहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउनु होला
काठमाडौँ, २३ असोजः पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा…
देशभर बदली र वर्षाको सम्भावना: पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका विभिन्न भागमा मेघगर्जन, हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी…
Comments 0
No comments yet. Start a respectful conversation.