साँगा–धुलिखेल सडक निर्माण तीव्र गति
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ ।
थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ ।
त्यस क्रममा केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रको काम थालिएको हो । भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकखण्डलाई छ लेनको कामअन्तर्गत दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो ।
साँगा–धुलिखेलतर्फको आठ किलोमिटर दूरीको सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते भएको सम्झौता अनुसार २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने थियो । त्यसका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएकामा तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएपछि थप एक वर्ष समय थपिएको हो ।
सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्मको १५ दशमलव आठ किमी सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले आयोजनाको कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार हालसम्म काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।
भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत काम भएको महतोको भनाइ छ ।
भक्तपुरतर्फ सडक विस्तारको काम ढिलो ठेक्का सम्झौता भएकाले कम प्रगति देखिएको आयोजनाले जनाएको छ । काभ्रेपलाञ्चोकतर्फ हालसम्म साढे तीन किलोमिटर सडक छ लेनमा नै पहिलो लेयरको कालोपत्र भएको महतोले जानकारी दिनुभयो ।
“साँगादेखि धुलिखेलसम्मको सात दशमलव नौ किमी सडकमध्ये साढे छ किमी चार लेनमा पहिलो लेयरको कालोपत्र भएको र अब काभ्रेतर्फ डेढ किमी सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको छ”, महतोले भन्नुभयो । साँगा–धुलिखेल खण्डको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मङ्सिर २३ गतेसम्म रहेकाले कुनै अप्ठ्यारो परिस्थिति नआए निर्धारित समयमै मुख्य काम सकिने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगा खण्डमा हालसम्म ‘साइड स्ट्रक्चर’को काम लगभग सकिएको छ । भक्तपुरतर्फ हालसम्म डेढ किमी सडक छ–लेनमै पहिलो कालोपत्र सकिएको छ भने साँगाको अण्डरपासमा दुई लेनमा एक दशमलव दुई किमी सडकमा पहिलो तहको कालोपत्र भएको महतोले जानकारी दिनुभयो । भक्तपुरतर्फ सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ ।
सूर्यविनायक–साँगा खण्डको सात दशमलव तीन किमी सडकका लागि विसं २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग भ्याटसहित रु तीन अर्ब ८८ करोड ९३ लाखमा आयोजनासँग ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीले समयसीमाभित्र मुख्य कामसक्ने र बाँकी कामका लागि केही समय थपेर २०८४ असार महिनाभित्र सडकको सम्पूर्ण काम सम्पन्न गराउन सकिने महतोको भनाइ छ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड विस्तारको कामले पछिल्लो महिनादेखि तीव्रता लिए पनि राजमार्गअन्तर्गतको जगाति खोला, महादेवखोला, पुण्यमाता खोलामा पुल नबनेका कारण यातायात सञ्चालनमा केही समस्या देखिएको छ । ती स्थानमा राति मालवाहक सवारीसाधन सञ्चालन हुने भएकाले पुल निर्माण हुने स्थानमा खाल्डाखुल्डी र सवारीसाधनको जाम हुने गरेको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार…
New“रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो”
सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५,८,९,१०,१२ र २९ को…
NewJoint tourism promotional programme in Brussels: Guests enjoy Nepali iconic foods
Kathmandu, Oct 30: The Nepali Embassy in Brussels, in collaboration with the embassies of Bhutan, the Maldives, and Sri Lanka, organized a second edition of joint tourism…
New‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
ताप्लेजुङ, १३ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक…
Newहिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउनुभएको छ । संयुक्त…
Newनागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ । गृह मन्त्रालयले बिहीबार जारी…
New
Comments 0
No comments yet. Start a respectful conversation.