कोप–३१ मा नेपालको बलियो सहभागिताका लागि सरकारको पहल: राजनीतिक दलहरूसँग एकीकृत छलफल
हदरबार, काठमाडौँ।
सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी र साझा प्रतिनिधित्व सुनिश्चित गर्न संसदीय दलहरूसँग बृहत् परामर्श प्रक्रिया सुरु गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु जोखिम र राष्ट्रिय हितका मुद्दालाई एकीकृत रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो तयारी अघि बढाएको हो।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका चुनौती तथा प्राथमिकतामा राष्ट्रिय सहमति निर्माण गर्न सत्तारुढसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा बसेको उक्त बैठकमा आगामी ९ देखि २० नोभेम्बरसम्म टर्किएमा आयोजना हुने कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, नेपालले उठाउनुपर्ने मुख्य विषयवस्तु तथा रणनीतिक प्राथमिकताबारे गहन परामर्श भएको थियो।
छलफलका क्रममा नेपाल जलवायु परिवर्तनको अति उच्च जोखिममा रहेको यथार्थलाई ध्यानमा राख्दै हिमाली क्षेत्रको वातावरणीय संरक्षण, जलवायुजन्य विपद् व्यवस्थापन, जलवायु न्याय (Climate Justice), हरित ऊर्जा प्रवर्द्धन तथा जलवायु वित्त (Climate Finance) मा सहज पहुँचजस्ता संवेदनशील विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त र तर्कपूर्ण रूपमा उठाउनुपर्नेमा जोड दिइएको छ।
जलवायु संकटको असर कुनै राजनीतिक सीमा वा विचारमा सीमित नरहने भएकाले सम्मेलनमा विभिन्न दलका प्रतिनिधिहरूको समावेशी सहभागितामार्फत नेपालको बलियो र साझा आवाज प्रस्तुत गर्ने रणनीति सरकारले लिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन
काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल…
Newत्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख स्वीकृत
१४ कार्तिक, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम…
Newबेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध
म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र…
Newदेशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध
देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र…
Newसार्वजनिक खरिदमा कडाइ: चैत १३ यता १२० फर्म कालोसूचीमा, ऐन-नियमावलीमा संशोधन र ७१२ कर्मचारीलाई तालिम
काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियालाई थप जवाफदेही, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यका साथ सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेयता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा…
Newव्यवसायीको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जरिवाना मिनाहासम्बन्धी व्यवस्था
काठमाडौं । व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीलाई परेको समस्यालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर,…
New
Comments 0
No comments yet. Start a respectful conversation.