DigiNepal

देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध

देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही महत्वपूर्ण सडक खण्डहरू यातायातका लागि बन्द रहेका छन्।

१. बागमती प्रदेश
मकवानपुर: बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै कान्तिलोकपथ सडक खण्डअन्तर्गत हेटौंडाबाट ठिङ्गन हुँदै ललितपुर जाने सडक मिति २०८३ कार्तिक १३ र १४ गते साँझ १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्मको अवधिका लागि रात्रिकालीन समयमा पूर्ण रूपमा अवरुद्ध गरिएको छ।

काभ्रे: वि.पि. राजमार्गअन्तर्गत रोशी गाउँपालिका वडा नं. ९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीमा गएको पहिरोका कारण मिति २०८३ कार्तिक १४ गते बिहान ०४:४५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुर: कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका वडा नं. ३ स्थित पाँदुर र तार्के क्षेत्रमा गएको पहिरोका कारण बिहान ०६:२० बजेदेखि यातायात आवागमन पूर्ण रूपमा बन्द छ।

२. गण्डकी प्रदेश
गोरखा: सोतीदेखि मान्बु जाने पुल (आरुघाट गाउँपालिका वडा नं. २, ३ र ९ नयाँपुुल) क्षेत्रमा बाढीका कारण मिति २०८३ कार्तिक २५ गते बिहान ०५:३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

मुस्ताङ: जोमसोम-कोरला सडक खण्डअन्तर्गत घरपझोङ गाउँपालिका वडा नं. ४ जोमसोम (पर्यटक चेकपोस्टबाट करिब १ कि.मि. अगाडि) पहिरो गएका कारण बिहान ०६:३० बजेदेखि पूर्ण रूपमा बन्द छ।

३. कर्णाली प्रदेश
सुर्खेत: कर्णाली राजमार्गअन्तर्गत बराहताल गाउँपालिका वडा नं. ७ औँलिसेमा गएको पहिरोका कारण बिहान ०५:४५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

विशेष अपिल:
सम्बन्धित निकायले प्रभावित क्षेत्रका राजमार्गहरू खुलाउने प्रयास जारी राखेको छ। यात्रा गर्नुअघि सडकको अवस्थाबारे यकिन गरी मात्र निस्कन र अनावश्यक यात्राबाट बच्न सुरक्षा निकायले अनुरोध गरेको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates