
हरिमन्दिर साहिब
Golden Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
श्री हरिमन्दिर साहिब एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । सिख धर्मालम्बिहरूको लागि स्वर्ण मन्दिर धेरै नै महत्त्वपूर्ण मानिन्छ । सिखहरू बाहेक अरू धेरै श्रद्धालु पनि यहाँ आउने गर्छन्, जसलाई स्वर्ण मन्दिर र सिक्ख धर्ममा अटूट आस्था छ ।
मुख्य तथ्यहरू
- प्रकार
- built structure, historic site, pilgrimage site wd
- अवस्थिति
- अमृतसर (metropolis) › अमृतसर जिल्ला (district of India) › Jalandhar division (division of Punjab) › पञ्जाब (state of India) wd
- सम्पदा मान्यता
- Tentative World Heritage Site wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- sgpc.net/sri-harmandir-sahib-2 wd
- निर्देशाङ्क
- 31.6200° N, 74.8764° E wd
स्रोतहरू
- Wikipedia (English): Golden Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): हरिमन्दिर साहिब · CC BY-SA 4.0
- Wikidata item Q180422 · CC0 1.0
- Image: The Golden Temple of Amrithsar 7.jpg by Shagil Kannur (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हरिमन्दिर साहिब". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/golden-temple?lang=ne. Retrieved 8 November 2026.