DigiNepal
पेत्रा
Azurfrog · CC BY-SA 3.0

पेत्रा

Petra

अरबी ऐतिहासिक र पुरातात्विक सहर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पेत्रा जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० वर्ष पहिले नबाताइन्स राज्यको राजधानी सहरको रूपमा स्थापना भएको मानिने पेत्रा जोर्डनको पहिचान मात्र नभएर सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने स्थान पनि हो । यो सहर 'हर' नामक पर्वतको काखमा अरबाह उपत्यकाको पूर्वी खण्डको रूपमा रहेको छ । अरबाह उपत्यका मृत सागरदेखि अकाबाको खाडीसम्म फैलिएको एक ठूलो उपत्यका हो । सन् १९८५मा पेत्रा सहरलाई युनेस्को(UNESCO)ले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । स्विस खोजकर्ता जोहान लडविङ बर्खार्डले सन् १८१२मा विश्वमाझ परिचित गराउनु पूर्व यो सहर पश्चिमाहरूको लागि अज्ञात थियो । जोन विलियम बर्गनको Newdigate Prize जित्न सफल एक कवितामा पेत्रालाई "आधा समय जतिकै पुरानो, गुलाफ झैं रातो" सहरका रूपमा चित्रित गरिेएको छ । त्यस्तै युनेस्कोले "सम्पूर्ण मानव समुदायको बहुमुल्य सांस्कृतिक सम्पदाहरूमध्ये एक सांस्कृतिक धरोहर"को रूपमा ब्याख्या गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पेत्रालाई "मानिसले मर्नुभन्दा पहिला भ्रमण गर्नैपर्ने ४० स्थानहरू"को सूचीमा समेत समावेस गरेको छ ।

मुख्य तथ्यहरू

प्रकार
ancient city, सहर, archaeological site wd
अवस्थिति
Ma'an Governorate (governorate of Jordan) wd
क्षेत्रफल
26,171 ha wd
उचाइ
800 m wd
सम्पदा मान्यता
युनेस्को विश्व सम्पदा क्षेत्र wd
आधिकारिक वेबसाइट
visitpetra.jo wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Petra · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पेत्रा · CC BY-SA 4.0
  3. Wikidata item Q5788 · CC0 1.0
  4. Image: Al Deir Petra.JPG by Azurfrog (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पेत्रा". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/petra?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पेत्रा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Al Deir Petra.JPG — Azurfrog, CC BY-SA 3.0.

← ठाउँहरू