DigiNepal
धरहरा
SUMIR SHRESTHA · CC BY-SA 4.0

धरहरा नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथिको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो। धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो।

मुख्य तथ्यहरू

प्रकार
tower wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
निर्देशाङ्क
27.7006° N, 85.3117° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dharahara · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धरहरा · CC BY-SA 4.0
  3. Wikidata item Q5269090 · CC0 1.0
  4. Image: DHARAHARA TOWER.jpg by SUMIR SHRESTHA (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धरहरा". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dharahara?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धरहरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: DHARAHARA TOWER.jpg — SUMIR SHRESTHA, CC BY-SA 4.0.

← ठाउँहरू