DigiNepal
पुष्पा बस्नेत
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पुष्पा बस्नेत

Pushpa Basnet

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पुष्पा बस्नेत नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र (ECDC) र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापक/अध्यक्ष हुन। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ। सिएनएन हिरो अवार्ड २०१२का लागि उनको नाम मनोनयनमा परेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उनको कामको प्रचार प्रसार गरेका हुन। जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत २०१२का लागि सिएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार ३ डिसेम्बर २०१२ का दिन सिएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सिएनएन हिरो घोषणा गरेको हो। सन २०१६ मा उनी 'सिएनएन सुपर हिरो'घोसित भईन। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए।त्यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
उद्यमी, सामाजिक कार्यकर्ता wd
आधिकारिक वेबसाइट
ecdcnepal.org wd

पुरस्कार wd

  • Young Ilga Award

स्रोतहरू

  1. Wikipedia (English): Pushpa Basnet · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पुष्पा बस्नेत · CC BY-SA 4.0
  3. Wikidata item Q3634105 · CC0 1.0
  4. Image: Pushpa basnet 01.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 13 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पुष्पा बस्नेत". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/pushpa-basnet?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुष्पा बस्नेत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pushpa basnet 01.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व