
चन्द्रबहादुर डाँगी लाई २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको हो। उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी मात्र भएको प्रमाणित गरे। लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो। गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन्। यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि फिलिपिन्सका जुन्रे वालाविङ को नाममा थियो। डाँगीको तौल १२ किलोग्राम रहेको छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Chandra Bahadur Dangi · CC BY-SA 4.0
- Wikipedia (Nepali): चन्द्रबहादुर डाँगी · CC BY-SA 4.0
- Wikidata item Q2265759 · CC0 1.0
- Image: Chandra 04.jpg by Krish Dulal (CC BY-SA 3.0)
- Wikipedia (English), revision used for cited facts: Chandra Bahadur Dangi · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चन्द्रबहादुर डाँगी". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/chandra-bahadur-dangi?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्