DigiNepal
नारायणगोपाल गुरूवाचार्य
Madan Puraskar Pustakalaya · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नारायणगोपाल गुरूवाचार्य

Narayan Gopal

नेपाली गायक तथा सङ्गीतकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नारायणगोपाल, पूरा नाम नारायणगोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक थिए। उनलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको थियो। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्। उनले १ सय ३७ वटा नेपाली गीतहरू गाएका थिए। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको थियो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ उनको विवाह सम्पन्न भएपनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए। भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन थालेर पूरा नगर्दै छाडेका उनले डिस्क र टेपमा गरी जम्मा १ सय ३७ वटा गीतहरू रेकर्ड गराएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
गायक, गायिका-गीतकार, संगितकार wd
शिक्षा
त्रि-चन्द्र कलेज, महाराजा सयाजीराव विश्वविद्यालय बड़ौदा wd
आधिकारिक वेबसाइट
ngopal.com wd

पुरस्कार wd

  • जगदम्बाश्री पुरस्कार

स्रोतहरू

  1. Wikipedia (English): Narayan Gopal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नारायणगोपाल गुरूवाचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q425728 · CC0 1.0
  4. Image: Narayan Gopal.jpg by Madan Puraskar Pustakalaya (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नारायणगोपाल गुरूवाचार्य". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/narayan-gopal?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नारायणगोपाल गुरूवाचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Narayan Gopal.jpg — Madan Puraskar Pustakalaya, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व