मेलवादेवी गुरूङ (वि.सं.१९५९-२०१२) नेपाली आधुनिक सङ्गीतको अभिलेखमा देखा पर्ने अर्थात् गीत-गायनको डिस्क रेकर्ड भर्ने प्रथम गायिका थिइन्। वि.सं १९५९ सालमा ओखलढुङ्गाको रुम्जाटारमा जन्मिएकी मेलवादेवीले चन्द्रशमशेरको दरबारमा गीत गाउने गर्दथिन्। उनको सुरिलो स्वर देखि आहरिस गर्नेहरूले उनलाई झुक्काएर पानमा सिन्दुर हालेर ख्वाएकोले उन्को आवाज बाक्लो भएको भनाई छ। दरबारीया दाउपेच देखि वाक्क भएर मेलवादेवी पछि काठमाडौँ छोडेर कलकत्तामा बस्ने गरेकी थिइन्। उनका साङ्गीतिक कृतिहरू क्रमशः 'आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा', 'हाइ मेरो परदेशी प्रितम छोडेर जानु भो', 'यो जिन्दगीको के भरोसा', 'भूकम्प त्रास', 'माया मारी निष्ठुरीले छानी छानी रस लिएर', 'कैया फूलबारी', 'थापा न थली', साथै 'न घरलाई घर कहिन्छ' आदि हुन्।औपचारिक रूपमा १९८५ तिर उनले केही गीतको रचना गरेकी थिइन्। तीमध्ये ‘थापाथली’ शीर्षकको गीतिकविता यौन, प्रेम र समर्पणमा आधारित छ। साथै ‘सवारी मेरो रेलैमा’ उनैको त्यस बेलाको जीवनमा आधारित गीत हो।
मुख्य तथ्यहरू
- जन्मस्थान
- ओखलढुङ्गा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- गायक, गीतकार wd
स्रोतहरू
- Wikipedia (English): Melawa Devi · CC BY-SA 4.0
- Wikipedia (Nepali): मेलवादेवी · CC BY-SA 4.0
- Wikidata item Q19682687 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मेलवादेवी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/melawa-devi?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्