DigiNepal
ओखलढुङ्गा जिल्ला
Kiran215 · CC BY-SA 4.0

ओखलढुङ्गा जिल्ला

Okhaldhunga District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

ओखलढुङ्गा जिल्ला नेपालको कोशी प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औँ स्थान र क्षेत्रफलको हिसावले ६८ औँ स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार(सिद्धिचरण नगरपालिका)बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। वि.सं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे। शेर्पा जाति पनि धेरै छन्। शेर्पा जातिले यस ठाउँमा धेरै नै विकसित भएको छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
139,552 (2011) wd
क्षेत्रफल
1,074 km² wd
आधिकारिक वेबसाइट
ddcokhaldhunga.gov.np wd
निर्देशाङ्क
27.3167° N, 86.5000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Okhaldhunga District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ओखलढुङ्गा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q29026 · CC0 1.0
  4. Image: Kosh Bhanjyang.jpg by Kiran215 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ओखलढुङ्गा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/okhaldhunga-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ओखलढुङ्गा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kosh Bhanjyang.jpg — Kiran215, CC BY-SA 4.0.

← ठाउँहरू