
जन आन्दोलन २ पछिको नयाँ राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार प्रदीपकुमार राई/ व्याकुल माइला को जन्म २०२९ साल चैतमा थाक्ले-८ हिलेपानी, ओखलढुङ्गामा भएको हो। आमा धनलक्ष्मी र बुबा मानबहादुरका छोरा प्रदीपका एक दाजु, एक दिदी र एक भाइ छन्। उनको मातृभाषा वाम्बुले राई हो। अविवाहित राई कानुनशास्त्र स्नातक तथा जनप्रशासन (एमपीए) अध्ययनरत छन्। कानुनी सेवा (अधिवक्ता) का रूपमा राजधानीमा कार्यरत राईको साहित्यिक लेखन थालनी २०४६ सालमा भएको हो। उनको पहिलो प्रकाशित रचना कविता थियो, जुन समीक्षा साप्ताहिक, २०४८मा छापिएको थियो। उनका प्रकाशित रचना - कविता, गीत, गजल, लेख, निबन्ध छन्। उनका रचना मधुपर्क, गरिमा, समष्टि, मिर्मिरे, कविता (ने.प्र.प्र.), नव कविता, 'स्रष्टा' (कालेबुङ), 'बिन्दू' (असम), 'लिब्जु-भुम्जु', कान्तिपुर, गोरखापत्र, स्पेसटाइम, राजधानी, गोरखापत्र आदीमा छापिएका छन्। उनको प्रकाशित कृति 'नेपाली गीत सङ्ग्रह-२०५९' हो। उनी 'बरभञ्ज्याङ्ग' चौमासिक गोजिका, 'मानव अधिकार आवाज', 'लिब्जु-भुम्जु' त्रिभाषीय त्रैमासिक (वाम्बुले राई भाषा, साहित्य र संस्कृति प्रधान पत्रिका- र 'कौशिकी' साहित्यिक पत्रिकामा संलग्न छन्। उनी मानव अधिकारवादी युवा कानुन व्यवसाय केन्द्र, आदिवासी मानव अधिकार सरोकार केन्द्र, काठमाडौँ, कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौँका संस्थापक सदस्य हुन् भने काठमाडौँ जिल्ला नेपाल बार एसोसियसनका साधारण सदस्य छन्। उनले लेखेको राष्ट्रिय गान यस्तो छ -सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची महाकाली। प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- ओखलढुङ्गा जिल्ला wd
- पेशा
- लेखक wd
स्रोतहरू
- Wikipedia (English): Byakul Maila · CC BY-SA 4.0
- Wikipedia (Nepali): व्याकुल माइला · CC BY-SA 4.0
- Wikidata item Q16849916 · CC0 1.0
- Image: Byakul Maila.jpg by Aajako Press (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"व्याकुल माइला". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/byakul-maila?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्