DigiNepal

कोशी, गंडकी और कर्णाली प्रांत में कुछ स्थानों पर बारिश और बर्फबारी की संभावना

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: कोशी, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमांडू, 31 अगस्तः नेपाल मौसम विभाग ने भविष्यवाणी की है कि आज दोपहर को कोशी, बागमती और गंडकी प्रांत के हिमालयी इलाके में आम तौर पर बादल छाए रहेंगे जबकि बाकी...

काठमाडौँ, ३१ असोजः नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट