DigiNepal

बुड़िगंडकी बाढ़ प्रभावितों के बचाव में सेना, हेलीकॉप्टर अभियान, दुनिया से 6 लोगों को एयरलिफ्ट किया गया

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना र हेलिकप्टर परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार

यह काठमांडू में स्थित है। सरकार ने बूढ़ी गंडकी नदी में बाढ़ के बाद जोखिम वाले नागरिकों के बचाव और सुरक्षित निकासी के लिए हेलीकॉप्टरों सहित एक सुरक्षा निकाय को जुटाया है...।

काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि सरकारले हेलिकप्टरसहित सुरक्षा निकाय परिचालन गरेको छ।

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको टोलीलाई हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दुनुभेको हो ।

प्रधानमन्त्री शाहका अनुसार गोरखाको जगत क्षेत्रमा पहिरोको जोखिममा रहेका ६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिमलाई समेत हवाई साधनबाट प्रभावित क्षेत्रमा खटाइएको छ।

बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्नुका साथै प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कामलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग आवश्यक परे सम्बन्धित निकायमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ।

आपत्कालीन सम्पर्क नम्बरहरू:
• एम्बुलेन्स: १०२
• जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी): १२३४
• जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
• सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट