DigiNepal

देश भर में आज मौसम बदलाः पहाड़ी और तराई इलाकों में बारिश, हिमालयी क्षेत्रों में बर्फबारी की संभावना

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: आज देशभर मौसम बदली : पहाडी र तराई क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

यह काठमांडू में स्थित है। जल एवं मौसम विज्ञान विभाग के अंतर्गत आने वाले मौसम पूर्वानुमान प्रभाग ने आज कहा कि देश भर में मौसम में सामान्य बदलाव होगा। डिवीजन के अनुसार, आज दोपहर पूरे देश में...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनेछ। यसका साथै, देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली नै रहने मौसमविद्हरूले बताएका छन्। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार राति हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ।

यसैगरी, राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशभर मौसम सक्रिय रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट