DigiNepal

वेत्रावती में शुरू हुआ बेलीब्रिज का निर्माण, सुबह 10 बजे से पहले होगा काम

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

त्रिशूली (नुवाकोट), 19 अगस्तः नुवाकोट और रसुवा को जोड़ने वाले वेत्रावती में फलखु नदी पर बेल्लीब्रिज बाढ़ से भोटेकोशी होते हुए त्रिशूली नदी में नुकसान के बाद लगाया गया है।

त्रिशूली (नुवाकोट), १९ असोजः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती आइपुग्ने छन् । बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलीब्रिज जडान सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताउनुभयो ।

यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहने उल्लेख छ ।

वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो । सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि नै वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्कसमेत पुनःस्थापित गर्नेछ । रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुदाँ बाढीपश्चात् रसुवाको दैनिक जनजीवन प्रभावित हुदै आइरहेको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट