DigiNepal

अत्यन्त जरुरी सूचना: कुलेखानी जलाशय (इन्द्रसरोवर) तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा विशेष अनुरोध

आज मिति २०८३/०७/१४ गते दिउँसो १२:०० बजेको रेकर्ड अनुसार कुलेखानी जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४:०० बजेसम्म जलसतह १५२९.०० मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

जलसतह १५२८.५ मिटर पुगेपछि पूर्वसतर्कता स्वरूप पहिलो साइरन बजाउने र SMS Alerts प्रवाह गर्ने तयारी भइसकेको छ।

मौसममा क्रमिक सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा हुन गएमा बाँधको सुरक्षाका लागि मुख्य गेटहरू (Spillway Gates) खोल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ।

तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला तथा बागमती नदी किनार) का बासिन्दाहरूमा अनुरोध:

* आज रात्रिकालीन समयमा उच्च सतर्कता अपनाउनुहोस्।

* नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजानुहोस्।

* स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना र निर्देशनलाई पालना गर्नुहोस्।

गेटहरू खोल्नुपरेमा निर्धारित अवस्था अनुसार दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाइने र SMS Alert पठाइनेछ। केन्द्रको प्राविधिक टोली हिजो (कार्तिक १३) देखि नै फिल्ड तथा कन्ट्रोल रुममा पूर्ण तयारीका साथ परिचालन भएको छ।

तसर्थ, सबैले सतर्कता अपनाऔं, सुरक्षित रहौं र यो सूचना धेरै भन्दा धेरै शेयर गरी सबैमा पुर्‍याउन सहयोग गरौं!

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • सतर्क रहन अनुरोध

      ललितपुर जिल्ला स्थित कोड्कु खोला झरुवारासीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी छेउछाउ रहनुहुनेहरु सतर्क रहनहुन अनुरोध छ। -बाढी पूर्वानुमान महाशाखा

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध

      देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

      म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख स्वीकृत

      १४ कार्तिक, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो आवेदन

      काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • कोप–३१ मा नेपालको बलियो सहभागिताका लागि सरकारको पहल: राजनीतिक दलहरूसँग एकीकृत छलफल

      हदरबार, काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी र साझा प्रतिनिधित्व सुनिश्चित गर्न संसदीय…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New