DigiNepal

विजयादशमी आजः सुबह 10:26 पर सर्वश्रेष्ठ वैक्सीन साइटें

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: आज विजयादशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत

विजयादशमी आज बड़े सांई के महान हिंदू त्योहार के तहत हर्षोल्लास के साथ मनाई जा रही है। अश्विन शुक्ल दशमी के दिन मनाई जाने वाली दुर्गा पूजा द्वारा...

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ। यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले टीका ग्रहण गर्न छुट्टै साइत पर्खनु आवश्यक नरहेको समितिले जनाएको छ।

समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार राज्य सञ्चालकका लागि भने शुभ साइतमा टीका लगाउने परम्परा छ। शास्त्रीय मान्यताअनुसार शुभ साइतमा टीका ग्रहण गर्दा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने विश्वासका आधारमा साइत निर्धारण गरिएको उनले बताए।

विजयादशमीका अवसरमा दसैँघर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएका देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ। घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी मान्यजनको हातबाट टीका लगाउने धार्मिक परम्परा छ।

समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।

आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्नेछन्। यसरी विजयादशमीले पारिवारिक भेटघाट, आपसी सद्भाव र आशीर्वाद आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै आएको छ।

1 reaction0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट