DigiNepal
पनौती नगरपालिका
WrackAce · CC BY-SA 4.0

पनौती नगरपालिका

Panauti

काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

पनौती नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको एक नगरपालिका हो। यो नेपालको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल हो। काभ्रेपलाञ्चोक जिल्लाका तत्कालिन सुब्बागाउँ, टौखाल, पनौती (इन्द्रेश्वर), मल्पी, सुनबान र खोपासी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर पनौती नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा कुशादेवी, रयाले, कलाँती भूमिडाँडा, बल्थली, शारदा बतासे र शंखुपाटीचौर (४) गाउँ विकास समितिहरू यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १२ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ४६,५९५ रहेको छ। यो नगरपालिका भित्रको प्रारम्भिक मध्यकालीन पुरातात्विक धरोहरहरूको परिसरलाई संयुक्त राष्ट्रको युनेस्कोले सन् १९९६ देखि सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचीकृत गरेको छ।

मुख्य तथ्यहरू

प्रकार
सहर, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
27,358 (2011) wd
क्षेत्रफल
118 km² wd
सम्पदा मान्यता
Tentative World Heritage Site wd
आधिकारिक वेबसाइट
panautimun.gov.np wd
निर्देशाङ्क
27.5833° N, 85.5167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panauti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पनौती नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q2049147 · CC0 1.0
  4. Image: Panauti Core Settlement.jpg by WrackAce (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पनौती नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/panauti?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पनौती नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Panauti Core Settlement.jpg — WrackAce, CC BY-SA 4.0.

← ठाउँहरू