DigiNepal
बनेपा नगरपालिका
Saddam19 · CC BY-SA 4.0

बनेपा नगरपालिका

Banepa

काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

बनेपा नगरपालिका बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित उपत्यकाबाट नजिककोको प्रमुख वाणिज्य केन्द्र तथा नगरपालिका हो। यो सहर राजाधानी काठमाडौँबाट २६ कि.मी. पूर्व दिशामा पर्दछ। काभ्रेपलाञ्चोक जिल्लाको ६ नगरपालिकाहरू मध्येको एक हो। राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या ६७,६९० रहेको थियो र यहाँ १९५६ घरहरू थियो। हाल लगभग १६,६९८ घरधुरी रहेका छन्। बनेपा नगरपालिकामा हाल १४ वडाहरू छन्। २०७३ फागुन २७ मा, साविकको बनेपा नगरपालिकामा साविकका देवीटार (४-५), रविओपी (६-९), उग्रचण्डी नाला, टुकुचा नाला, नासिकास्थान साँगा, उग्रतारा जनागाल र महेन्द्रज्योति गाविसहरू गाभ्दै यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। बनेपाको मुख्य आकर्षण चण्डेश्वरीको मन्दिर हो, जो रुद्रमती नदीको साथ सहरको लगभग १ कि.मी. उत्तर पूर्व स्थित छ। धनेश्वर मन्दिर सहरबाट १ कि.मी. दक्षिणमा छ। यसैगरी, बनेपा यसको भगवान गणेश, नारायणथान, भगवान नारायण, भिमसेनस्थान, भगवान गणेशको आठ विभिन्न मन्दिर र आठ विभिन्न तालाबहरूबाट परिचित छ। बनेपामा धेरै चाडपर्व मनाइन्छ, यसमा चण्डेश्वरी जात्रा, कन्या-पूजा, नवदुर्गा जात्रा(माछा समात्ने जात्रा ), गणेश जात्रा, र भिमसेन जात्रा लगायत छन।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
5.56 km² wd
आधिकारिक वेबसाइट
banepamun.gov.np wd
निर्देशाङ्क
27.6333° N, 85.5167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Banepa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बनेपा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1760422 · CC0 1.0
  4. Image: Banepa Bazar, Kavrepalanchok, Nepal.jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बनेपा नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/banepa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बनेपा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Banepa Bazar, Kavrepalanchok, Nepal.jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू