DigiNepal
कैलाशनाथ महादेव मन्दिर
Prakashphuyal30 · CC BY-SA 3.0

कैलाशनाथ महादेव मन्दिर

Kailashnath Mahadev Statue

Read in English · हिंदी में पढ़ें

कैलाशनाथ महादेव मन्दिर भक्तपुर जिल्ला चित्तपोल गाविसको वडा नम्बर ५मा रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला र भक्तपुर जिल्लाको सिमानामा रहेको यो महादेवको मुर्ति १४३ फिट अग्लो छ । उक्त मुर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मुर्ति भएको दावी गरिएको छ । भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा मूर्ति बनाएका हुन । विश्वकै अग्लो भनिएको १४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्तिको बदि्रकाधाम पिठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी श्री माधवश्रम जी महाराजले प्रतिष्थापन गरेका हुन । मूर्ति निर्माणका लागि विगत ६ वर्षदेखि १०० जना नेपाली र भारतका कालिगढ खटिएका थिए । गिट्टी बालुवा सिमेन्ट डन्डी प्रयोग गरिएको सो मूर्तिलाई घाम र पानीबाट बचाउन जिङक कोटेड गरेर तामालाई स्प्रे गरिएको छ । त्यसको लागि ६ हजार किलोग्राम तामा र जिङ्क लागेको बताइन्छ । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यस मन्दिर क्षेत्रमा मारकाट मदिरा र धुम्रपान निषेध गरिएको छ ।

मुख्य तथ्यहरू

प्रकार
monument, colossal statue wd
अवस्थिति
काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
निर्देशाङ्क
27.6460° N, 85.4748° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kailashnath Mahadev Statue · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कैलाशनाथ महादेव मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q6347940 · CC0 1.0
  4. Image: Kailashnath Mahadev Statue.jpg by Prakashphuyal30 (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कैलाशनाथ महादेव मन्दिर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kailashnath-mahadev-statue?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कैलाशनाथ महादेव मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kailashnath Mahadev Statue.jpg — Prakashphuyal30, CC BY-SA 3.0.

← ठाउँहरू