DigiNepal
पोष्टबहादुर बोगटी
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पोष्टबहादुर बोगटी

Post Bahadur Bogati

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

पोष्टबहादुर बोगटी नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए। उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट -३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए। संविधानसभा सदस्य पोष्टबहादुर बोगटी हाल एकीकृत नेकपा माओवादीको सचिव पनि हुनुहुन्छ। नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत हुनु भएको थियो। ८ कक्षा सम्म मात्र औपचारिक शिक्षा हासिल गर्नुभएका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिनुहुन्छ। उहाँका छोरा रवि वोगटीको विद्रोह कै क्रममा हत्या भएको थियो। पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका बोगटी केही समय नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागीरे पनि हुनुहुन्थ्यो। विचारमा दृढ र व्यवहारमा सहज पोष्टबहादुर बोगटी गैर माओवादीहरुका बीचमा पनि मिलनसार नेताका रूपमा परिचित थिए । समाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेका बोगटी राजनीतिबाट लिने होइन, देश र जनताको सेवा गर्ने हो भन्नेमान्यता स्थापित गर्न सफल भए । बोगटीको जन्म नुवाकोटको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते भएको थियो । सामान्य किसान परिवारमा जन्मिएका बोगटी आफ्नो गाउंमा सहकारीमार्फत समाजसेवामा सक्रिय थिए । सहकारीमा सक्रिय हुंदै गर्दा बोगटी समाजबादतर्फ आर्कर्षित भए । २०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बोगटी माओवादीले सशस्त्र संर्घष थाल्नुभन्दा पूर्व नै भुमिगत राजनीतिमा थिए । बोगटी एकीकृत नेकपा माओवादीका संस्थापक मध्ये एक हुन् । माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व भएको गोरखाको सिरानचोकमा गरिएको फौजी तालिममा सहभागी केही नेता मध्ये उनी एक थिए । माओवादीको संशस्त्र संर्घषताका बोगटीले माओवादीको पश्चिम क्षेत्रको कमाण्ड सम्हाले । बोगटीले नेतृत्व गरेको पश्चिम कमाण्डमा माओवादी संर्घष चांडै विस्तार भएको थियो । सरल र सालीन स्वभावका बोगटी सबैसंग मिल्न सक्ने नेता थिए । विचारमा दृढ र व्यवहारमा सहज बोगटीलाई गैरमाओवादीहरु पनि मिलनसार नेताका रूपमा बुझ्ने गर्दछन् । बोगटी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट बोगटीले माओवादी अन्तरसंर्घषमा बोगटीले सधैं अध्यक्ष प्रचण्डलाई साथ दिए । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३बाट निर्वाचित बोगटी दोश्रो निर्वाचनमा भने पराजित भए । पहिलो संविधानसभामा माओवादीको प्रमुख सचेतक रहेका बोगटीले सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्ड्यन तथा ऊर्जामन्त्रीसमेतको जिम्मेवारी सम्हाले । पर्यटन मन्त्री छंदा बोगटीले नेपाल वायुसेवा निगममको स्तरोन्नतीकरणका लागि महत्त्वपूर्ण निर्णय गरेका थिए । त्यस्तै उर्जामन्त्री हुंदा ऊर्जामा चिनिया लगानी भित्र्याउन उनको विशेष पहल रह्यो । जलविद्युत क्षेत्रको विकासका लागि नीतिगत सुधारमा बोगटीले निर्वाह गरेको भूमिका ऊर्जा क्षेत्रमा सम्झिने गरिन्छ । एकीकृत माओवादीको हेटौँडामा भएको सातौ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । बोगटीका एकमात्र छोरा रबिको माओवादी सशस्त्र संर्घषताका सुरक्षाकर्मीको आक्रमणमा निधन भएको थियो । बोगटीका श्रीमती उषा माओवादीको जिल्लातहको राजनीतिमा सक्रिय छन् । बोगटीका दुई छोरीमध्ये प्रतिभा दाङमा छिन् भने प्रभा काठमाडौँमा सञ्चारकर्मी छन् । बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भएको हो । २६ गते बिहीबार एक्कासी हृदयाघात र मष्तिष्कघात भएका बोगटीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा २०७१ भदौ ३० गते बिहान साढे सात बजे निधन भएको हो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नुवाकोट जिल्ला wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य
  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Post Bahadur Bogati · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पोष्टबहादुर बोगटी · CC BY-SA 4.0
  3. Wikidata item Q17305705 · CC0 1.0
  4. Image: Posta Bahadur Bogati.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पोष्टबहादुर बोगटी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/post-bahadur-bogati?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोष्टबहादुर बोगटी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Posta Bahadur Bogati.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व