DigiNepal
कामीरिता शेर्पा
Vlvescovo · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

कामीरिता शेर्पा

Kami Rita

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कामीरिता शेर्पा (जन्म: माघ ०४, २०२६) सगरमाथा शिखरमा सबैभन्दा धेरै पटक आरोहण गरेर कीर्तिमानी बनाएका एक नेपाली शेर्पा पर्वतारोही हुन्। उनले २०७५ जेठदेखि उनले यो कीर्तिमान आफ्नो नाममा बनाएका थिए। उनले वि.सं २०८३ जेठ ३ का दिन ३२ औँ पटक सगरमाथा शिखरको सफल आरोहण गरेर आफूले पहिले बनाएको कीर्तिमान तोडेका थिए। उनका बुबा सन् १९५० मा सगरमाथा विदेशी पर्वतारोहीहरूका लागि खोलिएपछि पहिलो व्यावसायिक शेर्पा पथप्रदर्शकहरूमध्ये एक थिए। उनका भाइ लाक्पा रिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
थामे wd
नागरिकता
नेपाल wd
पेशा
पर्वतारोही सहयोगी wd

परिचय

२०७४ सालमा रिता सगरमाथाको शिखर २१ पटक पुग्ने तेस्रो व्यक्ति बनेका थिए जसले यो कीर्तिमान आप्पा शेर्पा र फूर्वा तासी शेर्पासँग साझा गरेका थिए। पछिल्ला दुवै व्यक्तिहरू त्यसपछि सेवानिवृत्त भएका छन्।

जेठ ०२, २०७५ मा, ४८ वर्षको उमेरमा रिताले ८,८४८ मिटर (२९,०३१ फिट) अग्लो यो हिमालको सबैभन्दा धेरै आरोहणको कीर्तिमान बनाउँदै सगरमाथा २२ पटक आरोहण गर्ने पहिलो व्यक्ति बनेका थिए। त्यस वर्षको अप्रिलमा, उनले समाचार माध्यमलाई बताएअनुसार उनी सेवानिवृत्ति हुनुभन्दा पहिले २५ पटक सगरमाथा आरोहण गर्ने योजनामा रहेका थिए। "यो मेरा लागि मात्र होइन, मेरो परिवार, शेर्पा जाति र मेरो देश नेपालको लागि हो"; उनले वि.सं २०८२ जेठ १३ का दिन सगरमाथाको ३१औँ पटक सफल आरोहण पूरा गरेका थिए।

रितासँग सबैभन्दा धेरै ८,००० मिटरभन्दा अग्ला हिमालको शिखर आरोहणको कीर्तिमान पनि रहेको छ जसमा उनले जम्मा ४२ पटक आरोहण गरेका थिएर सगरमाथा बाहेक, उनको कुल आरोहणमा चोयुमा ८ पटक (२००१, २००४, २००६, २००९, २०११, २०१३, २०१४ र २०१६), ल्होत्से (२०११), के२ (२०१४) र मनास्लु (२०२३) समावेश छन्।

स्रोतहरू

  1. Wikipedia (English): Kami Rita · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कामीरिता शेर्पा · CC BY-SA 4.0
  3. Wikidata item Q30688283 · CC0 1.0
  4. Image: Kami Rita Sherpa Mt Everest Summit May 2010.jpg by Vlvescovo (CC BY-SA 4.0)
  5. Wikipedia (English), revision used for cited facts: Kami Rita · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कामीरिता शेर्पा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/kami-rita?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कामीरिता शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kami Rita Sherpa Mt Everest Summit May 2010.jpg — Vlvescovo, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व