
झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- धनकुटा नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- लेखक wd
पुरस्कार wd
- मदन पुरस्कार (2010)
स्रोतहरू
- Wikipedia (English): Jhamak Ghimire · CC BY-SA 4.0
- Wikipedia (Nepali): झमक घिमिरे · CC BY-SA 4.0
- Wikidata item Q3631705 · CC0 1.0
- Image: Jhamak.jpg by Madan Puraskar Organization (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"झमक घिमिरे". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/jhamak-ghimire?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्