अधिकृत वारेसनामा
Service at · Embassy of Nepal, Ottawa
- Documents required
- कानुन व्यवसायीले तयार पारेको तोकिएको ढाँचाको निवेदन, सक्कल दुई प्रति नेपाली कागजमा प्रिन्ट गरेको अधिकृत वारेसनामाको कागज (वारेस लिने र साक्षीको सहीछाप गरिएको। वारेस दिनेले स्वयम् दूतावासमा उपस्थित भई सहीछाप गर्नुपर्ने।) आवेदकको नेपाली नागरिकता र राहदानीको सक्कल र प्रतिलिपि, हालसालै खिचिएको दुईप्रति फोटो। जग्गाको हकमा लालपुर्जाको सक्कल र प्रतिलिपि तथा चालु वर्षको तिरो/राजस्व तिरेको रसिदको सक्कल र प्रतिलिपी, अन्य सम्पति भए सो सम्पति आफ्नो नाममा भएको देखिने कागजातको सक्कल प्रतिलिपि, छोडपत्रको हकमा विवाह दर्ताको सक्कल र प्रतिलिपी। वारेस लिने र साक्षीको नागरिकताको प्रमाणित प्रतिलिपि र कानून व्यवसायीको परिचयपत्रको प्रमाणित प्रतिलिपि, क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।
- Fee
- 50
- Time taken
- सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026