DigiNepal
Englishनेपाली

अधिकृत वारेसनामा

सेवा दिने कार्यालय · Embassy of Nepal, Ottawa

आवश्यक कागजात
कानुन व्यवसायीले तयार पारेको तोकिएको ढाँचाको निवेदन, सक्कल दुई प्रति नेपाली कागजमा प्रिन्ट गरेको अधिकृत वारेसनामाको कागज (वारेस लिने र साक्षीको सहीछाप गरिएको। वारेस दिनेले स्वयम् दूतावासमा उपस्थित भई सहीछाप गर्नुपर्ने।) आवेदकको नेपाली नागरिकता र राहदानीको सक्कल र प्रतिलिपि, हालसालै खिचिएको दुईप्रति फोटो। जग्गाको हकमा लालपुर्जाको सक्कल र प्रतिलिपि तथा चालु वर्षको तिरो/राजस्व तिरेको रसिदको सक्कल र प्रतिलिपी, अन्य सम्पति भए सो सम्पति आफ्नो नाममा भएको देखिने कागजातको सक्कल प्रतिलिपि, छोडपत्रको हकमा विवाह दर्ताको सक्कल र प्रतिलिपी। वारेस लिने र साक्षीको नागरिकताको प्रमाणित प्रतिलिपि र कानून व्यवसायीको परिचयपत्रको प्रमाणित प्रतिलिपि, क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।
शुल्क
50
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026