साधारण राहदानी
Service at · District Administration Office, Sunsari
Closed now · Public holiday: Dashain
- Documents required
- साधारण राहदानी क. निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको हकमा १. रीतपूर्वकको दरखास्त फाराम २ प्रति । २. नेपाली नागरिकताको प्रमाणपत्र ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. नाबालकको हकमा नाबालक परिचय पत्र र निजको बाबु / आमाको नागरिकताको प्रमाण पत्र । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने प्रमाणित लिखत र संरक्षकको नागरिकताको प्रमाणपत्र ५. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति वा प्रतिलिपि ख. अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछः- क. बसाई सराई दर्ता प्रमाणपत्र । ख. जग्गाधनी प्रमाण पूर्जा/ घर निर्माण इजाजत / स्विकृती प्रमाण । ग. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । घ. अन्य जिल्लाबाट नावालक परिचय पत्र जारी भएको अवस्थामा जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख बुझिनेछ । ग. अन्यत्र जिल्लाबाट नागरिकता प्राप्त गरी सुनसरी जिल्लामा विवाह गरी आउने महिलाको हकमाः- क. विवाह दर्ता प्रमाणपत्र ख. ना.प्र. प्रमाणपत्रको प्रतिलिपि ग. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ घ. सुनसरी जिल्ला स्थित सरकारी/सार्वजनिक निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा थप प्रमाणः- क. सम्बन्धित कार्यालय/निकायको सिफारिस पत्र ख. कर्मचारी परिचय पत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- साधारण राहदानी १. झ्याल नं. १३ मा रुजु गराउने । २. झ्याल नं. २ बाट नागरिकता विवरण रुजु गराइ राहदानी वापत लाग्ने शुल्क बैंक दाखिला गर्ने । ३. बैंकको राजश्व दाखिला भौचर संलग्न राखी पुनः झ्याल नं. १४ मा पेश गर्नुपर्ने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026