DigiNepal
Englishनेपाली

साधारण राहदानी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सुनसरी

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
साधारण राहदानी क. निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको हकमा १. रीतपूर्वकको दरखास्त फाराम २ प्रति । २. नेपाली नागरिकताको प्रमाणपत्र ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. नाबालकको हकमा नाबालक परिचय पत्र र निजको बाबु / आमाको नागरिकताको प्रमाण पत्र । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने प्रमाणित लिखत र संरक्षकको नागरिकताको प्रमाणपत्र ५. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति वा प्रतिलिपि ख. अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछः- क. बसाई सराई दर्ता प्रमाणपत्र । ख. जग्गाधनी प्रमाण पूर्जा/ घर निर्माण इजाजत / स्विकृती प्रमाण । ग. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । घ. अन्य जिल्लाबाट नावालक परिचय पत्र जारी भएको अवस्थामा जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख बुझिनेछ । ग. अन्यत्र जिल्लाबाट नागरिकता प्राप्त गरी सुनसरी जिल्लामा विवाह गरी आउने महिलाको हकमाः- क. विवाह दर्ता प्रमाणपत्र ख. ना.प्र. प्रमाणपत्रको प्रतिलिपि ग. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ घ. सुनसरी जिल्ला स्थित सरकारी/सार्वजनिक निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा थप प्रमाणः- क. सम्बन्धित कार्यालय/निकायको सिफारिस पत्र ख. कर्मचारी परिचय पत्र ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
साधारण राहदानी १. झ्याल नं. १३ मा रुजु गराउने । २. झ्याल नं. २ बाट नागरिकता विवरण रुजु गराइ राहदानी वापत लाग्ने शुल्क बैंक दाखिला गर्ने । ३. बैंकको राजश्व दाखिला भौचर संलग्न राखी पुनः झ्याल नं. १४ मा पेश गर्नुपर्ने ।

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →