बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य
Service at · District Administration Office, Rautahat
Closed now · Public holiday: Dashain
- Documents required
- बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य अनुसूची १ फारममा स्थानीय तहको सिफारिस । बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र । प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र । बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026