DigiNepal
Englishनेपाली

बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रौटहट

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य अनुसूची १ फारममा स्थानीय तहको सिफारिस । बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र । प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र । बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →