DigiNepal

नागरिकता सम्बन्धी

Service at · District Administration Office, Lalitpur

Closed now · Public holiday: Dashain
Documents required
१. अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित स्थानीयको पदाधिकारीको सिफारिससाथ देहायका प्रतिलिपि संलगन गरी निवेदन दिनुपर्ने । क) बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र।आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने । ख) बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ग) जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय तहको जन्मदर्ता प्रमाण पत्र । २. बाबु,आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने । ३. नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः- क) विवाह दर्ता प्रमाण पत्र, ख) पतिको नागरिकताको प्रमाण पत्र, ग) बाबु,आमा,दाजु वा भाईको नागरिकता प्रमाण पत्र । ४. जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र ५. निवेदनमा १ प्रति फोटो बाहेक २ प्रति फोटो पेश गर्नुपर्ने । ६. बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः- क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र ख) जग्गाधनी प्रमाण पूर्जा । ग) नागरिकताको अभिलेख भिडेको पत्र । घ) स्थायी बसोबास (घर निर्माण स्वीकृति,बिजुलीको बिल,धारा पानीको बिल )
Fee
रु.१०/-को टिकट
Time taken
प्रमाण पुरा भएकै दिन
Counter / room
Room 6 र
Responsible
कोठा नं. ६ र ७
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-19) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →