स्वास्थ्य बीमा: वर्तमान अवस्था, सुधारका प्राथमिकता तथा प्रतिबद्धता

१. स्वास्थ्य बीमाको वर्तमान अवस्था
पाँच सदस्यसम्मको परिवारले वार्षिक रु. ३,५०० योगदान गरेबापत रु. १ लाखसम्मको उपचार सुविधा प्राप्त गर्ने व्यवस्था।
हालसम्म १ करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध।
६२ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बीमा सक्रिय।
देशभरका ५०२ स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध।
२. स्वास्थ्य बीमा सुधारका प्राथमिकता
अनिवार्य स्वास्थ्य बीमा: सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने।
क्षमताअनुसार योगदान: नागरिकको आर्थिक क्षमता र आयका आधारमा योगदान प्रणाली व्यवस्थित गर्ने। अति विपन्नलगायत विशेष समूहको प्रिमियम राज्यले व्यहोर्ने ।
कार्यक्रमको एकीकरण: स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालित स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने।
सेवा विस्तार: बीमामार्फत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी सहज, सुलभ र गुणस्तरीय उपचार सुनिश्चित गर्ने।
डिजिटल प्रणाली: बीमामा आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने।
दुरुपयोग नियन्त्रण: अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा प्रणालीगत दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी कानुनी र निगरानी प्रणाली विकास गर्ने।
तीन तहका सरकारको समन्वय: स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई बीमा प्रणालीसँग जोड्ने। तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्ने।
३. हाम्रो प्रतिबद्धता
स्वास्थ्य बीमाको सफलता बीमित नागरिकको सङ्ख्याले मात्र होइन, आवश्यक परेको समयमा नागरिकले सहज रूपमा उपचार पाउने अवस्था र प्रणालीको वित्तीय दिगोपनाले निर्धारण गर्छ।
सक्षम नागरिकको योगदान, योगदान गर्न असमर्थ नागरिकको जिम्मेवारी राज्यले लिने र सबै नागरिकलाई स्वास्थ्य उपचारको सुनिश्चितता गर्ने व्यवस्था निर्माण गर्ने।
हरेक नेपालीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्ने।
Images 1
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढ्दै
स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि…
New 3 imagesPolicy Brief's (Basic Health Services in Nepal), 2026
Policy Brief's (Basic Health Services in Nepal), 2026
New 1 PDFBasic Health Services in Nepal (Priority Setting and Essential Health Interventions) Technical Report 2026
Basic Health Services in Nepal (Priority Setting and Essential Health Interventions) Technical Report 2026
New 1 PDF
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना तथा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा छलफल
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। छलफलमा माननीय…
3 images
निःशुल्क स्वास्थ्य उपचार सेवा कार्यान्वयनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ (APHIN), नेपालबीच सम्झौता
नेपालको संविधान, २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था…
2 images
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६
“एक स्वास्थ्य, एक कार्य: अहिले नै प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ।” (One Health, One Action: Prevent AMR Now) विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा नेपाल सरकार,…
5 images

Comments 0
No comments yet. Start a respectful conversation.