राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना तथा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा छलफल

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
छलफलमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यू र माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूको उपस्थिति रहेको थियो। साथै, प्रधानमन्त्रीज्यूका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको छ।
तीनवटै निकायलाई एकीकृत गर्न विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुईवटा सम्भावित कानुनी विकल्पमाथि समेत विचार–विमर्श गरिएको छ।
Images 3
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
निःशुल्क स्वास्थ्य उपचार सेवा कार्यान्वयनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ (APHIN), नेपालबीच सम्झौता
नेपालको संविधान, २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था…
New 2 images
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६
“एक स्वास्थ्य, एक कार्य: अहिले नै प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ।” (One Health, One Action: Prevent AMR Now) विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा नेपाल सरकार,…
5 imagesविश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को संयुक्त शुभकामना सन्देश ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को संयुक्त शुभकामना सन्देश ।
1 imageजेन्जी घाईतेहरुको उपचारको सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुरोध ।
२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार नेपाल सरकारको निर्णय अनुरूप देशभरका अस्पतालहरूबाट उपलब्ध हुँदै आएको छ। घाइते भएका…

आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण…
3 imagesनिःशुल्क स्वास्थ्य पोर्टल
नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित…



Comments 0
No comments yet. Start a respectful conversation.