DigiNepal

स्वास्थ्य बीमा अधिनियम संशोधन प्रक्रिया जारी

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढ्दै

स्वास्थ्य बीमा कार्यक्रम को अधिक व्यवस्थित, प्रभावी और वित्तीय रूप से टिकाऊ बनाने के उद्देश्य से, स्वास्थ्य और खाद्य स्वच्छता मंत्रालय ने स्वास्थ्य बीमा अधिनियम...

Picture published with this update

स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।
यसै क्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा स्वास्थ्य बीमा बोर्ड,सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल गरिएको छ। छलफलमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था,कार्यान्वयनका क्रममा देखिएका समस्या तथा ऐन संशोधनमार्फत सम्बोधन गर्नुपर्ने विषयमा विचारविमर्श भएको छ।
मन्त्रालयले आवश्यक अध्ययन,छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। अब उक्त विधेयक संसदमा दर्ता गर्ने तयारी भइरहेको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाएको मन्त्री मेहताले बताउनु भएको छ।

चित्र 3

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट