DigiNepal

राष्ट्रीय स्वास्थ्य बीमा कार्यक्रम की वित्तीय स्थिरता और योगदान संग्रह और सेवा भुगतान प्रणाली को अधिक व्यवस्थित और प्रभावी बनाने पर चर्चा

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना तथा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा छलफल

राष्ट्रीय स्वास्थ्य बीमा कार्यक्रम की वित्तीय स्थिरता सुनिश्चित करते हुए योगदान संग्रह और सेवा भुगतान प्रणाली को अधिक व्यवस्थित और प्रभावी बनाने पर...

Picture published with this update

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
छलफलमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यू र माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूको उपस्थिति रहेको थियो। साथै, प्रधानमन्त्रीज्यूका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको छ।
तीनवटै निकायलाई एकीकृत गर्न विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुईवटा सम्भावित कानुनी विकल्पमाथि समेत विचार–विमर्श गरिएको छ।

चित्र 3

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट