आत्महत्या पर जिम्मेदार रिपोर्टिंग के लिए मीडिया व्यक्तित्व अभिविन्यास
मशीन अनुवाद मूल देखें
मूल शीर्षक: आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
मानसिक स्वास्थ्य और आत्महत्या की रोकथाम को प्राथमिकता देते हुए, स्वास्थ्य और खाद्य स्वच्छता मंत्रालय ने आत्महत्या के लिए जिम्मेदार मीडिया कार्यकर्ताओं...

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको विषय भएको बताउनुभयो। आत्महत्याका घटनाको रोकथामका लागि जनचेतना अभिवृद्धि, समयमै पहिचान र आवश्यक मनोसामाजिक तथा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सञ्चारमाध्यमको जिम्मेवार भूमिका पनि महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र विषयको संवेदनशीलतालाई ध्यान दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो। उहाँले घटनालाई सनसनीपूर्ण ढङ्गले प्रस्तुत नगरी जिम्मेवार, मर्यादित र संवेदनशील भाषा तथा शैली अपनाउनुपर्नेमा जोड दिनुभएको थियो।
अभिमुखीकरणमा मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहारको पहिचान, जोखिमका संकेत तथा रोकथामका उपायबारे जानकारी गराउँदै समाचार लेख्दा आत्महत्याका घटनाको विस्तृत विवरण, प्रयोग गरिएको विधि तथा सनसनीपूर्ण प्रस्तुतिभन्दा रोकथामका उपाय, सहयोगका उपलब्ध माध्यम र सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीहरूका लागि मार्गदर्शन, २०८० का प्रावधानबारे जानकारी समेत दिनुभएको हो।
तालिमपश्चात् सञ्चारकर्मीहरूले आत्महत्यासम्बन्धी समाचार तथा सूचना सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने तथा आत्महत्या रोकथामका प्रयासमा सञ्चारमाध्यमको सकारात्मक भूमिका अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
चित्र 3
Reading is open to everyone. Sign in to react, comment or save.
संबंधित अपडेट
सभी अपडेटमुफ्त स्वास्थ्य पोर्टल
नेपाल के संविधान 2072 के अनुच्छेद 35 में यह प्रावधान है कि प्रत्येक नागरिक को राज्य से बुनियादी स्वास्थ्य देखभाल मुफ्त प्राप्त करने का अधिकार होगा, किसी को भी आपातकालीन...
नया
रसुवा भोटेकोशी बाढ़-स्वास्थ्य क्षेत्र प्रतिक्रिया अपडेट
रसुवा भोटेकोशी बाढ़-स्वास्थ्य क्षेत्र प्रतिक्रिया अपडेट (पर 2083/06/29)
1 चित्र
गोरखा-बूढ़ी गंडकी में अचानक आई बाढ़-स्वास्थ्य क्षेत्र की प्रतिक्रिया पर अपडेट
गोरखा-बूढ़ी गंडकी में अचानक आई बाढ़-स्वास्थ्य क्षेत्र की प्रतिक्रिया पर अपडेट (2083/06/28
1 चित्र
रसुवा भोटेकोशी बाढ़-स्वास्थ्य क्षेत्र प्रतिक्रिया अपडेट
रसुवा भोटेकोशी बाढ़-स्वास्थ्य क्षेत्र प्रतिक्रिया अपडेट (पर 2083/06/28)
1 चित्र
रसुवा भोटेकोशी बाढ़-स्वास्थ्य क्षेत्र प्रतिक्रिया अपडेट
रसुवा भोटेकोशी बाढ़-स्वास्थ्य क्षेत्र प्रतिक्रिया अपडेट (पर 2083/06/27)
1 चित्र
गोरखा-बूढ़ी गंडकी में अचानक आई बाढ़-स्वास्थ्य क्षेत्र की प्रतिक्रिया पर अपडेट
गोरखा-बूढ़ी गंडकी में अचानक आई बाढ़-स्वास्थ्य क्षेत्र की प्रतिक्रिया पर अपडेट (2083/06/26
1 चित्र



Comments 0
No comments yet. Start a respectful conversation.