DigiNepal

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

काठमाडौँ, १४ कात्तिक : मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले राससलाई जानकारी दिनुभयो । सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अबरोध गरेको हो । दैनिक सयौँ मानिसले प्रयोग गर्ने उक्त मोटर बाटो परम्परागत रूपमा प्रचलनमा रहेको मुख्य मार्ग हो ।

आयोजनालले स्थानीय नागरिक, स्थानीय सरकार तथा कुनै पनि तहका जनप्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं समन्यव नगरिकनै बलजफती बाटो बन्द गरेको उहाँले बताउनुभयो । जसका कारण गोकर्णेश्वर नगरपालिका वडा नं. १ का स्थानीयवासीलाई आफ्नै गाउँमा आवतजावत गर्न असहज भएको छ ।

मेलम्ची आयोजना सुरु हुनु अगावै स्थानीय नागरिकले अत्यन्तै दुःखका साथ निर्माण गरेको सुन्दरीजलबाट मूलखर्क तथा ओख्रेनी जोड्ने उक्त मोटरबाटो परम्परागत रूपमा, लास बोक्ने, कृयापुत्रीले हिँड्ने सहज र छोटो बाटो समेत हो ।

मेलम्ची खानेपानी आयोजनाको आफ्नै दस्तावेजमा समेत उक्त बाटोलाई मूल बाटोकै रूपमा अभिलेखीकरण गरिएको छ । मेलम्ची आयोजना सुन्दरीजल साइटका इञ्जिनीयर मनोज यादव मुआब्जा दिइसकेको सडक भएकाले नापी र मालपोतबाट मेलम्चीका नाममा जग्गा आएकाले नै सडक अवरुद्ध गरिएको बताउनुहुन्छ । कालोपत्र गरिएको सडकका कारण मेलम्ची आयोजनाका काममा ढिलाइ भएका कारण पनि सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको उहाँले सुनाउनुभयो ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

      बाजुरा, १४ कात्तिकः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ: मौसम पूर्वानुमान महाशाखा

      नेपालमा असर पुर्‍याइरहेको चक्रवातको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसममा क्रमिक रूपमा सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • अत्यन्त जरुरी सूचना: कुलेखानी जलाशय (इन्द्रसरोवर) तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा विशेष अनुरोध

      आज मिति २०८३/०७/१४ गते दिउँसो १२:०० बजेको रेकर्ड अनुसार कुलेखानी जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४:०० बजेसम्म जलसतह १५२९.०० मिटर पुग्न सक्ने…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • सतर्क रहन अनुरोध

      ललितपुर जिल्ला स्थित कोड्कु खोला झरुवारासीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी छेउछाउ रहनुहुनेहरु सतर्क रहनहुन अनुरोध छ। -बाढी पूर्वानुमान महाशाखा

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध

      देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

      म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New