DigiNepal

बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

बाजुरा, १४ कात्तिकः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो ।

चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताउनुभयो । उहाँका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उहाँका अनुसार बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर सो क्षेत्रमा प्रस्थान गरेको छ ।

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

      काठमाडौँ, १४ कात्तिक : मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । सुन्दरीजल हुँदै गोसाईकुण्ड,…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ: मौसम पूर्वानुमान महाशाखा

      नेपालमा असर पुर्‍याइरहेको चक्रवातको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसममा क्रमिक रूपमा सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • अत्यन्त जरुरी सूचना: कुलेखानी जलाशय (इन्द्रसरोवर) तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा विशेष अनुरोध

      आज मिति २०८३/०७/१४ गते दिउँसो १२:०० बजेको रेकर्ड अनुसार कुलेखानी जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४:०० बजेसम्म जलसतह १५२९.०० मिटर पुग्न सक्ने…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • सतर्क रहन अनुरोध

      ललितपुर जिल्ला स्थित कोड्कु खोला झरुवारासीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी छेउछाउ रहनुहुनेहरु सतर्क रहनहुन अनुरोध छ। -बाढी पूर्वानुमान महाशाखा

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध: यात्रा गर्नुअघि अवस्था बुझ्न अनुरोध

      देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल सरकार तथा सम्बन्धित निकायबाट प्राप्त ताजा विवरणअनुसार बागमती, गण्डकी र…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New
    • बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

      म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र…

      Office of the Prime Minister and Council of Ministers१४ कार्तिक २०८३
      New