चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुनः सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौँ, ८ मङ्सिरः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताउनुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुनुहुँदै उहाँले चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रर्वद्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्नेगरी विधेयक तयार पारिएको बताउनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रस्तावित विधेयकमा चलचित्र क्षेत्रको वर्तमान आवश्यकता र भविष्यको सम्भावनालाई समेटेको उल्लेख गर्नुभयो । “चलचित्र क्षेत्रको स्वरूप, प्रविधि र योगदानको दायरा परिवर्तन भइसकेको छ । यस क्षेत्रका समस्या पहिचान गरी तिनको समाधान गर्ने र उद्योगको रुपमा विकास गर्न सहयोग पु¥याउने गरी नयाँ कानुन बन्छ ।”, उहाँले भन्नुभयो । प्रस्तुत विधेयकमाथि दफावार छलफलका क्रममा प्राप्त रचनात्मक सुझावलाई समेत समेटेर आवश्यक परिमार्जनसहित समयसापेक्ष एवं चलचित्र उद्योगमैत्री कानुन निर्माण गर्न लागेकाले सहयोगका लाग सम्बद्ध सबैसँग उहाँले अनुरोध गर्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रको ‘सेन्सर’ र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै यससम्बन्धी कानुनी व्यवस्था अन्तरराष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभयो । चलचित्र ‘सेन्सर’ र वर्गीकरणलाई स्पष्ट पारिनुपर्ने गरी विधेयकमाथि आएका संशोधन प्रस्तावमाथि पनि समितिले आवश्यक छलफलमार्फत् टुङ्गोमा पुर्याउने विश्वास पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले व्यक्त गर्नुभयो । कुन विषयमा ‘सेन्सर’ आवश्यक हुन्छ र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो । “हामीले चाहेको ‘सेन्सर’ हो कि वर्गीकरण हो भन्ने विषय कानुनमै स्पष्ट हुनुपर्छ । अन्तरराष्ट्रिय अभ्यासको अध्ययन गरेर कुन विषयमा ‘सेन्सर’ गर्नुपर्छ र कुन विषयलाई वर्गीकरण गरे पुग्छ भन्ने छुट्याउन सक्नुपर्छ ।”, उहाँले भन्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनबाटै स्पष्ट हुनुपर्ने बताउनुभयो । बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने गरी संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्ने व्यवस्था कानुनमा समेटिनुपर्ने उहाँको धारणा थियो ।
त्यसैगरी, चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो । तीनै तहका सरकारबीच अधिकारको दोहोरोपन र अनावश्यक हस्तक्षेप नहुने गरी चलचित्र क्षेत्रका कामको जिम्मेवारी सङ्घीय कानुनमै स्पष्ट पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले राष्ट्रिय अर्थतन्त्रमा चलचित्र क्षेत्रको योगदान बढाउने, विदेशी लगानी आकर्षित गर्ने र चलचित्र उद्योगका वर्तमान आवश्यकता तथा माग सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विधेयकमाथि समितिमा हुने छलफल र संशोधनबाट चलचित्र क्षेत्रले अपेक्षा गरेका कानुनी व्यवस्था समेटिने विश्वास व्यक्त गर्दै उहाँले विद्यमान समस्या समाधान गर्ने र चलचित्र क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने गरी विधेयकलाई उत्कृष्ट बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
“करिब छ दशकपछि चलचित्र क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने अवसर आएको छ । यसलाई चलचित्र क्षेत्रको अधिकतम हितमा उपयोग गर्नुपर्छ । यस क्षेत्रका समस्या समाधान गर्ने, संस्थागत क्षमता बलियो बनाउने र उद्योगको विकास तथा विस्तारमा सहयोग पु¥याउने व्यवस्था कानुनमा समेटिनुपर्छ । ”, उहाँले भन्नुभयो ।
विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन, नियमन र व्यावसायिक विस्तारका लागि सरकारले चलचित्र विधेयक, २०८१ अघि बढाएको हो । विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने तथा बोर्डको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । चलचित्र प्रदर्शनमा ‘बक्स अफिस’ प्रणाली अनिवार्य गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
त्यसैगरी, चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवद्र्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय विधेयकमा समेटिएका छन् ।
नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रर्वद्धन गर्ने तथा नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा सहयोग पु¥याउने लक्ष्यसमेत विधेयकले राखेको छ ।
बैठकमा समिति सभापति डा ओजस्वी शेरचनले विधेयकका विभिन्न २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी गराउनुभएको थियो । यसैगरी, प्रस्तावित चलचित्र विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्नुहुने सांसदहरूसँग बैठकमा छलफल भएको थियो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesहिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य…
Newआजको मौसम:- तराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली
काठमाडौँ- देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र…
New
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त
भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त…
New 3 images
मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला
७ मंसिर, काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत…
Newप्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
नयाँ दिल्ली- भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा…
Newहिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनना
देशका केही हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…
New
Comments 0
No comments yet. Start a respectful conversation.