आजको मौसम:- तराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली
काठमाडौँ- देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा आंशिक बदली रहेको छ । यता तराईका विभिन्न क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने हुस्सु र तुवाँलो लागेको छ, जसले बिहानको समयमा दैनिक जनजीवन तथा यात्रामा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । भोलि बिहानपख तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा पुनः हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त
भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त…
New 3 images
मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला
७ मंसिर, काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत…
Newप्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
नयाँ दिल्ली- भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा…
Newहिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनना
देशका केही हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…
New
अर्थमन्त्री डा. वाग्लेको प्रमुख आतिथ्यतामा नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको प्रमुख आतिथ्यतामा भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ। कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं…
New 3 imagesसम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आज…
New
Comments 0
No comments yet. Start a respectful conversation.